नेकपा (एमाले)को नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ।
१७ बुँदे प्रस्ताव पारित गर्दै राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको हो। भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको थियो। छलफलबाट सुझावसहितको १७ बुँदे प्रस्ताव पारित पारित गरिएको छ।
नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई अस्वीकार समेत गरेको छ।
भेलाले ओली समूहले गरेको निर्णय अदालतको फैसलाविपरीत रहेको निष्कर्ष निकालेको छ। साथै भेलाले देशभर संगठनात्मक अभियान चलाउने निर्णयसमेत गरेको छ।