'कसैलाई पनि कारवाही गर्ने निर्णय भएको छैन'
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै नेता–कार्यकर्तालाई गुटको भेला नगर्न र पार्टीबाहेक कसैको पनि निर्देशन पालना नगर्न एमालेका सांसद्हरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘गुट भेला गर्नु अराजकता हो। गुटको भेला गर्ने नेताहरुलाई त्यसै छाड्न मिल्दैन।’ उनले गुटभेलामा नजान पनि एमाले सांसद्हरुलाई निर्देशन दिएका छन्।
बैठकका सहभागी एमाले सांसद् विजय सुब्बाका अनुसार, प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा गुट भेलाको नेतृत्व गर्नेलाई त्यसै छाड्न नसकिने बताएको भए पनि कसैलाई पनि कारवाही गर्ने निर्णय भने भएको छैन।
प्रधानमन्त्रीले गुट भेलामा जाने सांसद्हरुलाई आत्मालोचनासहित पार्टीको काममा लाग्न समेत आह्वान गरेका छन्।
संसदीय दलकाे बैठकले 'संसदीय बोर्ड' गठन गर्ने निर्णय गरेको छ, जसमा पदेन सदस्यसहित २४ जना सदस्य रहने निर्णय पनि बैठकले गरेको छ । तीन जना पछि मनोनित गर्ने मुख्य सचेतक विशाल भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए । संसदीय दलकाे बैठक पर्सि शनिवार पुन: बस्ने बैठकमा जानकारी दिइएकाे छ।
बैठकले विधान संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको बस्नेतले जानकारी दिए ।