नेपाल समूहकाे भेलाकै बेला प्रधानमन्त्रीले डाके एमाले संसदीय दलको बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको माधवकुमार नेपाल समूहले 'राष्ट्रिय भेला' गरिरहेको समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले एमालेको संसदीय दलको बैठक बोलाइएको जानकारी दिए।

बिएल नेपाली सेवासँग उनले भने, 'सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरेका छौ। यो नियमित बैठक हो।'

माधवकुमार नेपाल समूहको राष्ट्रिय भेलाकै समयमा संसदीय दलको बैठक डाक्नुलाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: : 2021-03-17 15:59:00

प्रतिकृया दिनुहोस्