कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गरेको छ। नर्भिक अस्पतालले नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जनाएको छ।
केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।”