नेप्से सकारात्मक भएर बन्द भयो शेयरबजार

फाइल तस्वीर
फाइल तस्वीर

नेप्से परिसूचक कारोबार बन्द हुने समयमा भने सकारात्मक देखिएको छ।

शेयरबजार परिसूचक नेप्से मंगलबार २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंकको विन्दुमा बन्द भएको छ।

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव ४४ अंकले बढ्दै ४ सय ३० दशमलव ४९ अंकको विन्दुमा कारोबार बन्द भएको छ।

मंगलबार २ सय १६ कम्पनीको ४६ हजार ५ सय ४० पटकको कारोबारमा ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयरको खरिद विक्री हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत परिसूचकमध्ये १३ समूहको कारोबार भएकोमा सात समूहको परिसूचक सकारात्मक रहेका छन्। व्यापार, जलविद्युत र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेका छन्।

बाँकी ६ समूहको परिसूचक नकारात्मक रहेका छन्। विकास बैंक, निर्जीवन बीमा, र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा थोरैले घटेका छन्।

बढेर बन्द हुने समूहगत परिसूचकमध्ये होटेल र पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ।

जीवन बीमा समूहको परिसूचक १.४६ प्रतिशतले बढेको छ। बाँकी ५ समूहको परिसूचक भने १ प्रतिशतभन्दा थोरैले बढेका छन्।

चन्द्रागिरी हिल्ससँगै जोशी हाइड्रोपावर, घम्लेदी हाइड्रो, ग्रिन लाईफ हाइड्रो र खानीखोला हाइड्रोको शेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक ८ दशमलव ८१ प्रतिशत अर्थात् १ हजार ३ सय ६३ रुपैयाँले घटेको छ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १९ करोड ३८ लाख ७९ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड–२ को सर्वाधिक १२ लाख ३२ हजार ८ सय कित्ता शेयरको खरिदबिक्री भएको छ।

प्रकाशित मिति: : 2021-03-16 17:02:00

प्रतिकृया दिनुहोस्