देशभरका ३८० स्थानीय तहद्धारा सरकारसँग पक्की सडकको माग

File photo
File photo

देशभरका विभिन्न ३८० वटा स्थानीय तहले सरकारसँग पक्की सडकको माग गरेका छन्।

स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न विभिन्न स्थानीय तहले माग गरेका हुन्।  प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन्।

पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्णाली ४५, सुदूरपश्चिमका ५२ वटा गरी ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्नका लागि विभागसँग माग गरेका हुन्।

प्रकाशित मिति: : 2021-03-13 07:20:00

प्रतिकृया दिनुहोस्