प्रणालीमा नचल्दा सहकारी संस्था समस्याग्रस्त

File photo
File photo

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले प्रणालीमा नचल्दा सहकारी संस्थाहरु समस्याग्रस्त हुने गरेको बताएका छन्। 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा आजदेखि शुरु भएको सञ्चारकर्मी अभिमूखीकरण कार्यक्रममा उनले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पु¥याएको यस क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। 

नयाँ सहकारी ऐनपछि उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिँदै गएको उनको भनाइ छ। देशभरका ५०० भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उनले बताए। 

सहकारी विभागको पछिल्लो तथ्याङ्कअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरिए पनि एक लाखभन्दा बढीले रोजगारी पाएको हुनसक्ने अध्यक्ष कँडेलको भनाइ छ। सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उनको भनाइ छ। 

ऐनले उत्पादन, बजारीकरणलगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको उल्लेख गरे। 

अध्यक्ष कँडेलले सहकारीले विशिष्टकृत सहकारी सङ्घमार्फत कृषि, आवासलगायतका क्षेत्रमा काम गरिरहेका छन्। आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी सङ्घ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए। 

दुई दिनसम्म सञ्चालन हुने तालीममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता  र न्यू मिडियामा वसन्त बस्नेत, मेमोरी पावर र मोटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिनु हुनेछ। समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा शुरु भएको तालीम शनिबारसम्म चल्नेछ। रासस  

प्रकाशित मिति: : 2021-03-12 20:41:00

प्रतिकृया दिनुहोस्