खारिएका प्रश्न र तटस्थ राजनीतिक विश्लेषण गर्ने छवि बनाएका पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ।
केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।
काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ।
उनको श्रीमती र एक छोरा छन्।
शर्मा करिब डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए।
त्यसअघि उनले द राइजिङ नेपाल र काठमाण्डू पोस्टमा काम गरेका थिए।
शर्मासँग लामो समय काम गरेका पत्रकार राजेन्द्र दाहाल "समकालीन पत्रकारहरूमा वस्तुनिष्ठ पत्रकारिता गर्ने थोरैमध्येका एक" शर्मा भएको मान्छन्।
-बिबिसी