लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र प्रभु शाह नेकपा एमालेको स्थायी कमिटीको सदस्य मनोनित भएका छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रिय कमिटीको बैठकले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका यी चार नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरिएको हो।
यी चारै जना केपी ओली सरकारमा मन्त्री पदमा कार्यरत छन्।