एक सातामै वाणिज्य बैंकहरूको ३३ खर्बभन्दा बढि कर्जा लगानी

File Photo
File Photo

पछिल्लो साता मात्रै वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ अर्ब लगानी गर्दा कुल कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ।

नेपाल बैंकर्स संघले प्रकाशित गरेको विवरण अनुसार फागुन १४–२१ सम्म २७ वाणिज्य बैंकहरूले १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब रूपैयाँ लगानी गर्न सफल भएका छन्।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीलाई विस्तार गर्दै गएपछि कर्जा लगानी देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को हाराहारीमा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको जिडिपी ३७ खर्ब ६७ अर्ब रूपैयाँ थियो।

तर केही दिनअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार जिडिपीको आकार ४० खर्ब रूपैयाँ नजिक पुगेको छ।  
 

प्रकाशित मिति: : 2021-03-12 06:07:00

प्रतिकृया दिनुहोस्