पत्रकार महिलाको समस्या कायमै

Symbolic photo

नेपाल पत्रकारिता जगत्मा महिला पत्रकारले काम गरेबापत पाउने पारिश्रमिक र काममा समेत भेद्भाव गरिने समस्या अझै पनि कायमै रहेको आज मकवानपुरमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। 

एक सय ११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) यहाँ आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन्। 

कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो गर्दै सञ्चार गृहबाट आफूहरु पारिश्रमिक र काम सम्पादनमा भेद्भाव गरेको दुःख व्यक्त गरेका छन्। 

कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो व्यक्त गरेका थिए।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले पत्रकारहरुको हकहितका लागि उपमहानगरपालिकाले पत्रकार बीमा, पत्रकार उपचार कोषमा सहयोगलगायत विभिन्न काम गर्दै आएको जानकारी दिए। आगामी दिनमा पत्रकारलाई हरेक क्षेत्रमा उपमहानगरपालिकाले समन्वय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे। 

विवाहित महिलाहरुको हकमा ज्यादै नै समस्या रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ। मकवानपुरमा  पत्रकार महासङ्घमा १६३ सदस्य रहेका छन्। यसमा ४० महिला पत्रकार रहेका छन्। यसबाहेक महासङ्घका सदस्यता नभएका अन्य पनि सक्रिय महिला पत्रकारहरु धेरै नै रहेका छन्।

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

जिल्लाको मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षका एक ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। गाउँपालिका–४ का एक सय वर्षका ज्येष्ठ नागरिक छविलाल लामिछानेले कोरोनाविरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिए। आजदेखि शुरु भएको ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम शुरु भएको थियो ।  

स्वास्थ्य संयोजक लामिछानेका अनुसार कोभिड–१९ अस्थायी अस्पताल मक्राञ्चुलीमा हालसम्म ६५ वर्षमाथि उमेर समूहका वडा नं ३ र ४ का ३० जना ज्येष्ठ नागरिकले खोप लगाइसकेका छन्। 

गाउँपालिकाले आगामी चैत २ गतेसम्म ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको जनाएको छ। गाउँपालिकामा हालसम्म ५३ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

पुष्टि हुने सबै सङ्क्रमणमुक्त अर्थात् कोरोना निको भइसकेको कार्यालयले जनाएको छ। कोरोनाका कारण गाउँपालिकामा हालसम्म कसैको पनि मृत्यु भएको छैन। रासस 

प्रकाशित मिति: : 2021-03-07 20:27:00

प्रतिकृया दिनुहोस्