नयाँ पार्टी खोल्न लागेको सत-प्रतिशत झुटो हाे: डोनाल्ड ट्र्म्प

बिएल संवाददाता

न्यूयाेर्क
File Photo
File Photo

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पले नयाँ राजनीतिक पार्टी सुरु नगर्ने बताएका छन्। हालै फ्लोरिडाको ओर्लाण्डोमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)मा बोल्दै उनले यो कुरा बताएका हुन्।

आफूले नयाँ पार्टी खोल्न लागेको समाचार सत प्रतिशत झुटो भएकाे उनकाे दाबी छ। समारोहलाइ सम्बोधन गर्दै उनले भने, 'यस कोठामा रहेका बहादुर रिपब्लिकनहरू कट्टरपन्थी डेमोक्र्याट, नक्कली न्यूज मिडिया र उनीहरूको विषाक्त रद्द संस्कृतिको विरोध गर्ने प्रयासको केन्द्रमा हुनेछन् भन्ने मलाई बिश्वास छ।'

पूर्व राष्ट्रपति ट्र्म्पले नयाँ राजनीतिक पार्टी खोल्ने कुरालाइ अस्विकार गर्दै असत्य समाचार भएको बताए। उनले रिपब्लिकन पार्टीलाइ नै शक्तिशाली बनाउने प्रष्ट पारे। 'अर्को चुनाबमा रिपब्लिकन पार्टी बिजयी हुनेछ' -उनले भने।

प्रकाशित मिति: : 2021-03-01 08:56:00

प्रतिकृया दिनुहोस्