सामाजिक धाराबाट व्यक्तिगत जीवनमा टुङ्गिएको ‘म्याडम चिफ मिनिस्टर’

Breaknlinks
Breaknlinks

पत्रकारबाट सिनेमा निर्देशक बनेका सुभाष कपुरको सिनेमा सानो बजेटको तर ‘सिङ्गल स्क्रिन’ सिनेमा हलमा लोकप्रिय छन्। उनको हालै प्रदर्शित नयाँ सिनेमा ‘म्याडम चिफ मिनिस्टर’मा पनि राजनीतिक ब्यङ्ग, मानवीय समबेदना र सामाजिक सरोकारको बिषय उठाइएको छ। सिनेमामा निर्देशक कपुरले उत्तर प्रदेशको पूर्व मुख्यमन्त्री मायावतीको राजनीतिक सफलतालाई मनोरञ्जनात्मक तरिकाले देखाएका छन् र धेरै हदसम्म निर्देशक कपुर सफल पनि भएका छन्। सिनेमा मनोरञ्जनात्मक छ र अन्तसम्म दर्शकलाई बाँधेर राख्न सफल छ।

कलेजको पुस्तकालयमा काम गर्ने तारा (ऋचा चड्ढा)को चर्चित बिधार्थी नेता इन्दु अर्थात् इन्द्रमणि त्रिपाठी (अक्षय ओबेराय)सँग प्रेम सम्बन्ध छ। समय बित्दै जाँदा इन्दुलाई तारा गर्भवती भएको थाहा हुन्छ र गर्भपात गर्न आफ्नो एउटा चेलासँग डाक्टर कहाँ जान भन्छ। धेरै बर्ष पहिले ताराको हजुरआमा (लाजवन्ती मिश्रा)ले ताराको दुई बैनीलाई बिष खुवाएर मारेको हुन्छ।

तारा जन्मेको दिन गाउँलेहरूले ताराको पिताको हत्या भएको हुन्छ तर तारालाई मास्टरजी (सौरभ शुक्ला)को साथ सहयोग रहेको छ। समयक्रममा उनी राजनीतिमा चम्किदै जान्छिन्। राजनीतिमा स्थापित भएपछि उनले समाजका कथित ठूलाबडालाई आफ्नो हैसियत देखाउँछिन्। सिनेमाको कथा राजनीतिको सामाजिक धाराबाट सुरु भएर व्यक्तिगत जीवनमा गएर टुङ्गिन्छ।

‘फस गया रे ओबामा’, ‘जली एलएलबी’ र ‘जली एलएलबी–२’ जस्ता मनोरञ्जनात्मक सिनेमाको निर्देशन गरिसकेका कपुरले यो सिनेमामा उत्त्तर प्रदेश कि पूर्व मुख्य मन्त्री मायावतीको राजनीतिक उत्थान र पतनलाई बडो रमाइलो पाराले देखाएका छन्।



दर्शकलाई बाँधेर राख्न सक्ने खुवी नभएकाे सिनेमा ‘मनस्टर हन्टर’

अरविन्द अडिगाको उपन्यासलाई फिल्ममा उतार्ने सफल प्रयास ‘द ह्वाइट टाइगर’



सिनेमामा उनको राजनीतिक नारादेखि उनको जन्मदिनको समारोह र उनले त्यो दिन लगाएको उत्तेजक लुगालाई पनि देखाइएको छ। सिनेमाको एउटा प्रसंगमा मायावतीले सबै सिनेमा नायिकाहरू राजनीतिमा प्रवेश गरेकोले आफू पनि बाध्य भएर सिनेमाको नायिका बन्न नपरोस् भएर जनतालाई चेतावनी दिएको देखाइएको छ। यो कुरा कति सत्य हो, त्यो पंक्तिकारलाई जानकारी भएन तर सत्य के हो भने औसतभन्दा पनि कुरुप अनुहार भएकी मायावतीलाई कसले सिनेमाको नायिका बनाउँला र उनको सिनेमा कसले हेर्ला? त्यो पनि चासोकै बिषय हो।

अभिनयको दृष्टिले यो सिनेमा ऋचा चड्ढा र अक्षय ओबेरायको मात्र सिनेमा हो र उनीहरू दुवै जनाले गज्जबको अभिनय गरेका छन्। अन्य कलाकार सबै अनुभवी कलाकार हुन् र उनीहरूको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। यद्वपि अरु कलाकारको काम ‘खाली ठाउँ भर’ मात्र हो। नायिका चड्ढालाई सुरुमा ‘ब्वाइज कट’ कपालमा देख्दा असजिलो लाग्छ तर सिनेमाको कथा अगाडी बढ्दै जाँदा सबै कुरा सहज लाग्छ। सिनेमाको क्लाइमेक्समा आफ्नो अपाङ पतिलाई ‘व्हिल चेयर’मा राखेर लैजाँदाको दृश्य उत्कृष्ट छ। यो उनको अभिनय क्षमताको उत्कर्ष हो।

नायिका चड्ढाबाहेक नायक ओबेरायको साथै सुभ्र ज्योति बराट (अरविन्द सिंह)को अभिनय पनि उत्कृष्ट छ। मास्टरको चरित्रमा शौरभ शुक्लाको पनि दमदार अभिनय छ। अन्य कलाकार सामान्य छन्। जयस नायरले उत्तर प्रदेशको गाउँको दृश्यलाई सुन्दर तरिकाले आफ्नो क्यामरामा कैद गरेका छन् र बिराज गडोरियाको छरितो सम्पादनले सिनेमालाई हेर्न लायक बनाएको छ।



मनोरन्जनात्मक कार्टून ‘टम एण्ड जेरी–द मुबी २०२१’

बाल मन–मस्तिष्कलाई आकर्षित गर्न सक्ने सिनेमा ‘वि क्यान बि हिरोज’



टी–सिरिज जस्तो प्रख्यात संगीत कम्पनीले निर्माण गरेको सिनेमा भएर पनि यसको गीत र मंगेस धाख्डेको संगीत औसतभन्दा पनि तल छ। उत्तर प्रदेशको समाज र राजनीति दुवै सांगीतिक भएको कारण यो सिनेमामा कर्णप्रिय संगीत हुनै पर्थ्यो तर के कारणले बेवास्ता गरिएको हो। त्यो निर्माण पक्षलाई थाहा होला। साथै आफैले लेखेको कथामा पनि केहि स्थानमा निर्देशक कपुर चुकेका छन्। देशको एउटा स्थापित महिला राजनीतिज्ञको सार्वजनिक जीवनभन्दा निजी जीवनलाई उजागर गर्न खोजिएको छ। त्यो बौद्धिक बर्गलाई अलि पच्दैन। कथा सामाजिक सरोकारभन्दा पनि निजी जीवनमा प्रवेश गर्नाले अलि खल्लो लाग्छ।

उत्तर प्रदेशको परिवेश र त्यहाँको राजनीति बारे जानकारी भएकाले यो सिनेमा हेर्दा आनन्द मान्छन्। तर त्यो दुवै कुरा थाहा नभएकालाई भने सिनेमा बेकार लाग्न सक्छ। केही कमि कमजोरी भए सिनेमा दर्शनीय बनेको छ तर परम्परागत हिन्दी सिनेमा हेर्ने बानी भएका दर्शकले भने यो सिनेमा नहेर्दा नै उचित हुन्छ।

प्रकाशित मिति: : 2021-02-28 15:57:00

प्रतिकृया दिनुहोस्