कांग्रेस र प्रचण्ड गुटले नेपाली जनतालाई खतरामा पुर्‍याएः शान्ता चौधरी

Photo : shantachaudhari facebook
Photo : shantachaudhari facebook

नेकपा ओली समुहकी सासंद शान्ता चौधरीले नेपाली कांग्रेस र प्रचण्ड गुटले नेपाली जनता खतरा पुर्‍याएको बताएकी छन्।  

भारतीय सुगमताको लागि कांग्रेस र जसपासगँ मिलेर सरकार बनाउनुपर्छ भन्ने प्रचण्डको अभिव्यक्तीमाथि उनले यस्तो टिप्पणी गरेकी हुन्।

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले भनेकी छन्, 'भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनुपर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो।'

उनले बिदेशी इसारामा प्रचण्डले नेपाली जनताको भाबनालाई अपमान गरेको समेत बताईन्। उनले लेखेकी छन्, 'बिदेशी इसारामा नेपाली जनताको  भावनाको अपमान हुने गरि बिगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो।'

साथै उनले प्रचण्डले विदेशी ईशारामा नेपाली जनतालाई प्रयोग गरेकोसमेत बताइन्। 

No description available.

प्रकाशित मिति: : 2021-02-27 08:34:00

प्रतिकृया दिनुहोस्