आज देशभर प्रचण्ड समूहको विजय जुलुस

Photo : Dahal office
Photo : Dahal office

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड समूहले आज देशभर विजय जुलुस निकाल्दै छ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको खुशीयालीमा काठमाडौँसहित देशैभर विजय जुलुस निकाल्न लागेको हो। विघटित प्रतिनिधिसभालाई असंवैधानिक ठहर गरेर मंगलबार सर्वोच्चले बदर गरिदिए सँगै देशभरका जिल्लाहरुमा पनि विजय जुलुस निकालिदै छ। 

काठमाडौँमा पनि जुलुस निकालिदै छ। रत्नपार्कस्थित शान्तिबाटिकामा हुने विजय जुलुस सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्दैछन्।

प्रकाशित मिति: : 2021-02-24 08:57:00

प्रतिकृया दिनुहोस्