नागढुङ्गा सुरुङमार्ग ४२ महिनामा पूरा हुने

हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यस वर्ष केही परिवर्तन भयो।

कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगानौबिसे सुरुंगमार्गको पूर्वी प्रवेशद्वारको निरीक्षण।

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानीजहाजसम्मको पूर्वाधार विकासको मार्ग देखाएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सूरुङमार्ग समेत पर्छ।

डाँडाकाँडा, उकालो ओह्रालो तथा असंख्यक घुम्तीहरु पार गर्दै हिँडने सडक अब सुरु–मार्गबाट निमेष भरमै यसअघि कयौं घन्टा लाग्ने मार्ग पार गर्दैछ।

देश अब सुरुंग युगमाप्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए, ‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ।’

इन्द्रदहको कार्यक्रम सकेर सुरुंगको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौती र कोभिडका कारण परेको असरबारे जानकारी गराएका थिए।

पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङका अनुसार कुल २.६८ किलो मिटर लम्बाई हुने दुई लेनको यो सुरुङ मार्ग नेपालमै पहिलो पटकलाई ओभर तथा तीन वटा पुल र दुई अण्डर–पाससहित निर्माण हुँदैछ। यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरुङभित्र २४सै घण्टा प्रकाश अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभी समेत हुने छ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका थिए। मुलुकका प्रधानमन्त्रीले आफूतिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए।

गत २०१९ को नोभेम्बर महिनामा सुरु भएको ठेक्का मितिले ४२ महिनाभित्र सम्पन्न हुनेछ। अहिले धुनिबेसी नगरपालिकास्थित सुरुङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पूर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७मिटर खनिएको छ।

त्यहाँ कमलो माटोको भाग सकिएर कडा चट्टानको भाग सुरु भएपछि सुरुङ निर्माणले तीव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिनुभएको छ।

प्रकाशित मिति: : 2021-02-22 13:22:00

प्रतिकृया दिनुहोस्