फेरिने भयो पञ्जावको नाम र लोगो

BCCI
BCCI

किंग्स एलेभेन पञ्जावले १५ वर्षपछि आफ्नो नाम र लोगो परिवर्तन गर्ने भएको छ।

१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आपीएल) अगाडि पञ्जावले  नाम र लोगो परिवर्तन गर्न लागेको हो।

अब टोलीको नाम पञ्जाव किंग्स रहने टाइम्स अफ इन्डियाले जनाएको छ।

पञ्जावले अक्सनको अघिल्लो दिन मुम्बईमा कार्यक्रम गरेर नयाँ लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यसअघि दिल्ली फ्रेन्चाइजले पनि आफ्नो नाम परिवर्तन गरि दिल्ली डेयर डेभिल्सबाट दिल्ली क्यापिटल्स राखेको थियो । 
आइपीएलको १४औं संस्करण अप्रिलमा आयोजना गर्ने तय भएको छ।

 त्यसका लागि आगामी बिहीबार चेन्नाईमा मिनी अक्सन हुँदैछ । पञ्जावले अक्सनबाट बढीमा ९ खेलाडी राख्न पाउनेछ र उसको ५३.२० करोड भारु रकम बाँकी छ ।

 

प्रकाशित मिति: : 2021-02-17 07:37:00

प्रतिकृया दिनुहोस्