चारदेशीय टी-२० सिरिज फाइनलः नेपाल टस जितेर फिल्डिङमा, कुवेतको आक्रामक सुरुवात

फाइल तस्बिर
फाइल तस्बिर

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको छ।

कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रेको हो।

ताजा अवस्थामा कुवेतले ४ ओभरको समाप्तिमा बिना विकेटको क्षति ४९ रन बनाएर खेलिरहेको छ।

नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: : 2025-04-13 11:32:00

प्रतिकृया दिनुहोस्