टमू बर्मा (म्यान्मार) । सोमबार
बिहानै उठेर मोबाइल खोली समय हेरेको भर्खर ४ बज्नै लागेको छ। मेरो उठ्ने समय नित्य बिहान ठीक बजे हो। त्यसैले छिटै पो रहेछ भर्खर चार बज्दै छ। छिट्टै बिउझिदाँ छट्पट्टी लाग्यो। र, एक घण्टाको समय किन व्यर्थै किन फाल्नु, पुनः सिरक ओढेर के सुत्न मात्र लागेकी थिएँ– एक्कासी आमाले ५ बजिसक्यो उठ छोरी भन्न थाल्नु भो...
दिनहु बजार जाँनु मेरो दैनिकी हो। बजार जान ढिला हुन्छ भन्दै आमा बोलाउनु फेरि पनि भो। म फेरि मोबाइल हेर्छु ४ मात्रै बजेको छ।
उठेर भित्तामा टाँसेको घडी हेरेँ। ए... घडीमा त ५ पो बजी सके छ। मेरो मोबाइलको घडी ठिक रहेन छ– मैले सोचेँ। आफ्नो बिहानको नित्य कर्म सकेर चिया पिउँदै फेसबुक खोल्न लाग्दा मोबाइलको नेट नै रहेनछ।
मोबाइललाई पावर अफ् गरेँ अनि फेरि खोलेँ। तर नेटवर्क त आउँदै आएन। मैले सोचेँ मोबाइल बिग्रेछ। उफ... अब कति पैसा खर्च हुने भो। रिपेरिङ् गर्दा, बन्द गरेँ मोबाईल झोलामा हालेँ अनि बजार तिर लागेँ। त्यो फेब्रुवरी १ २०२१ को बिहान आम जनताको स्थिति र मेरो स्थिति एउटै हुनुपर्छ। रहस्यमय! बजार पुगेर पसलहरु खोलि सक्दा हामीहरुलाई केही खबर थिएन। पसल खोलेर बसिरहेकी थिए– क्षणभरमै एकजना बर्मेली महिला आएर भनिन्– 'ए... दिदी बैनी हो! आज बिहान ३ बजेको हाराहारीमा सैनिकले देशको सत्ता हात लिएर आमा सु की र उनका कार्यकारिणी सबैलाई गिरिफ्तार गर्यो रे१ के म्यान्मामा तानासाही अत्याचार गरेको होला यस्तो।'
हामीहरु एकछिन अकमक्क प¥यौ। र, आश्चर्यको सीमा नै रहेन। अनि बल्ल पो सबैको मनको रहस्य खुल्यो। सबै संचार बन्द गरेर जनतालाई अन्ध्यारो पर्दा पछाडी पारेको रै छ उसले। देश भित्र भएका सबै समाचार स्टुडियोहरु बन्द गरेर 'म्यावटी' भन्ने एक मात्र समाचार च्यानेलबाट यो समाचार अपडेट गरेको रहेछ – सैन्य शक्ति.!
सरकारले सन् १०१९ ले दिएको घाउ निको हुन नपाउँदै फेरि नयाँ घातको बेदनामा छट्पटिएका छौँ– म्यान्माका हामी।
बल्लबल्ल देशमा एउटा किरणको झुल्को खसेको थियो। त्यो झुल्को फेरि काला बादलहरुले छेलि दियो, र आगामी यात्रा अन्यौल भएको छ।
म्यान्माका जनताहरुका मन र आखाँमा पिडाका छविहरु देखा परे। त्यो बिहान नेट कनेक्शनहरु बन्द भएको हुँदा कसैलाई पनि देशभित्र भएको ठूलो परिवर्तनबारे स्पस्ट जानकारी भएन। कुहीरो भित्र रुमलिएका यात्रीहरु झैँ भए- आम जनता!
क्षणभरमा फेरि नयाँ खबर आए। र, सैन्य सरकारले आमा सु की लगायत ३१ जनालाई गिरिफ्तार गरेर लग्यो रे। अहो! कत्रो बज्रपात – विदेशमा भएका बर्मेलीहरु आमा सु की र कार्यकारिणीहरुको फ्रिडम्को लागि नारा लगाउँदै थिए। तर, बर्माका सबै जनताहरु तलवार हैन हातमा कलम लिएर शान्ति पूर्वक तानासाहीहरुलाई विरोध गरिरहे।
सन् १९६२ देखि १९८८ ले दिएको अनुभवमा जनताहरुलाई अब सैन्य सरकारले ठग्न सकेन। जनताहरुलाई आमा सु कीले धैर्यता पूर्ण क्रान्ति गर्न सिकाउँनु भयो। नत्र तानाशहीहरुको उही पुरानो जाल फिजाएर देशमा जनताहको जुलुसलाई सम्हाल्नका निम्ति सत्ता हात लिनु परेको हो भन्ने।।.अवश्य पार्ने थे दाउ हेरेर बसेका विरालाहरु।
'आज आमाको कुरा सुनेर शान्ति र धैर्यताका साथ लडि रहेका छौँ।'
भन्ने सबै म्यान्माका जनताहरुको मत हो। आमा र उहाँका साथिहरु सबैको स्वतन्त्रताको लागि बन्दना गरि रहेका छौँ।
विश्वले नै हाम्री आमा आङ सान सु कीको न्यायका लागि कदम चाल्ने छन् भन्ने कुरामा हामी विश्वास गरेका छौँ। मातृभूमि म्यान्मारको सैन्य कू ले म्यान्माली नेपालीहरुमा कस्तो असर पर्ला भन्ने प्रश्नहरुले नेपाली समाज प्रभावित छ। तर, मलाई लाग्छ यसको असर नेपालीहरु र नेपाली समाजप्रति भिन्नै खाल्को पर्दैन। म्यान्मारका जनता सबैको मनमनमा भविष्य प्रतिको चिन्ता र चिन्तनले धेरै नै सताइ रहेको छ।