मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव निर्णायर्थ पेश हुँदै, 'रेफ्री'काे भूमिका निभाउँदै कांग्रेस

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदैछ। यो अधिवेशनमा अविश्वाशको प्रस्ताव सामना गर्नुपर्नेछ। 

नेकपा ओलीपक्षका मुख्यमन्त्रीबिरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसैको परिणामस्वरुप नेकपाको प्रचण्ड–नेपाल खेमाले ओली खेमाका मुख्यमन्त्री रहेको प्रदेश १ मा अविश्वाशको प्रस्ताव दर्ता गरेको छ।

तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो। तर, ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन्।

कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। प्रदेश सभामा २१ सिट कांग्रेसकाे छ। कांग्रेसले अहिलेसम्म आफ्नो समर्थन अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा हुने भनेर औपचारिक निर्णय गरिसकेको छैन। 

कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ। तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनुपर्नेछ।

प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्यक पर्छ। प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समूह अल्पमतमा छन्। 

प्रकाशित मिति: : 2021-01-20 08:43:00

प्रतिकृया दिनुहोस्