शेयरबजारमा दोहोरो अंकले वृद्धि, चार अर्ब ४२ करोड रुपैयाँको कारोबार

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा बुधवार दोहोरो अंकले वृद्धि भएको छ। बजारले अर्को आक्रामक उचाई तय गर्नुअघि विस्तारै वृद्धि भइरहेको अनुमान गरिएको छ। 

आयकर पनि तिर्नुपर्ने हुन्छ। यति हुँदा पनि बजार सुधारकै क्रममा अघि बढ्नुलाई निकै सकारात्मक मानिएको छ। 

यता, माघ लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ।

कम्पनीहरुको नाफा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ। नेप्से सूचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको छ। ४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार कारोबार भएका १२ उपसमूहका सूचकमध्ये व्यापार र जलविद्युतबाहेक अन्य बाँकी सबै समूह सकारात्मक रहेका छन्। 

वाणिज्य बैंक समूहको सूचक पनि माथितिरै लागेको छ। ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ।

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स सबैभन्दा अघि छ। यस दिन नेपाल लाइफको सबैभन्दा धेरै २१ करोड बढीको किनबेच भयो। 

अधिकांश लघुवित्त र निर्जीवन बीमा कम्पनीका शेयरमूल्य बढेको बजारमा जलविद्युत कम्पनीको शेयरमूल्य भने घटेको छ।

प्रकाशित मिति: : 2021-01-06 15:49:00

प्रतिकृया दिनुहोस्