देव गुरुङलगायतका नेताहरु सर्वोच्चमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै नेताहरु सर्वोच्च अदालतका पुगेका छन्।  

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको तर्फबाट देव गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेका हुन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ।

सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसद सर्वोच्च पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ। 

प्रकाशित मिति: : 2020-12-22 15:29:00

प्रतिकृया दिनुहोस्