सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि ओलीलाई साथ दिए: भट्ट

बिएल संवाददाता

काठमाडाै‌ं

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण साथ दिन नसकेको बताएका छन् ।

भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा सोमबार बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबी गर्दै आप्नाे साथ ओलीलाई रहेकाे समेत बताए। 
 

प्रकाशित मिति: : 2020-12-21 13:19:00

प्रतिकृया दिनुहोस्