लिङ्गदेनको स्वास्थ अवस्था बुझ्न अध्यक्षद्वय थापा र लोहनी अस्पतालमा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्गदेनको स्वास्थ अवस्था बुझ्न  अध्यक्षद्वय कमल थापा र डाक्टर प्रकाशचन्द्र लोहनी अस्पताल पुगेका छन्। 

अध्यक्षद्वय थापा र लोहनीले शुक्रबार बिहान मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद लिङ्गदेनको स्वास्थ अवस्थाको जानकारी लिएका हुन् । 

अस्पतालका सीईयो पंकज बास्कोटा र डाक्टर दिप्तेश अर्यालले नेता लिङ्गदेनको पछिल्लो स्वास्थ अवस्थाबारे अध्यक्षद्वयलाई जानकारी गराएका थिए ।

निमोनियाको उपचारका लागि उनलाई बिहीबार झापाबाट हेलिकप्टरमार्फत् झापाबाट काठमाडौं ल्याइएकाे थियाे।

लिङ्गदेनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भइरहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

लिङ्गदेनको अवस्थामा उल्लेख्य सुधार भएकोले अक्सिजनसमेत दिन परेको छैन। 

प्रकाशित मिति: : 2020-12-11 12:49:00

प्रतिकृया दिनुहोस्