राजेन्द्र लिङ्देनलाई निमोनियाको उपचारका लागि झापाबाट काठमाडौं लगियाे

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनलाई निमोनियाको उपचारका लागि झापाबाट काठमाडौं लगिएको छ।

उनलाई आज उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटलको आइसीयुमा भर्ना गरिएको थियो।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सांसद् लिङ्देनलाई निमोनिया भएको र अक्सिजनको मात्रा निकै घटेको जानकारी दिए।

पार्टीका जिल्ला सचिव केशव ओझाले सांसद् लिङ्देनलाई थप उपचारका लागि केहीबेरअघि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएकाे जानकारी दिए।

ओझाका अनुसार नेपाली सेनाको एयर एम्बुलेन्सले चन्द्रगढी एयरपोर्टबाट काठमाडौंका मेडिसिटी हस्पिटल लैजाने छ।

साथमा उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरा पनि गएका छन्।

‘अहिले उहाँ बोल्दै हुनुहुन्छ, निमोनियाको उपचारका लागि काठमाडौं लैजानु पर्ने चिकित्सकको सिफारिस अनुसार काठमाडौं लगिएको हो,’ ओझाले भने

प्रकाशित मिति: : 2020-12-10 20:03:00

प्रतिकृया दिनुहोस्