राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन्। 

पार्टी कार्यक्रमका लागि यहाँ आइपुग्नुभएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले  ती शक्तिको सपना पूरा हुन नदिने बताए। 
 
उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए। 

प्रकाशित मिति: : 2020-12-01 12:51:00

प्रतिकृया दिनुहोस्