न्युयोर्कमा ‘प्राइभेट पार्टी’ गर्न प्रतिबन्ध

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा एकै दिन एक लाख ३६ हजार कोरोना संक्रमित फेला परेपछि न्युयोर्क शहरमा उत्सव मनाउन प्रतिबन्ध लगाइएको छ। 

न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोले यसको घोषणा गर्दै प्रतिबन्ध नलगाइकन संक्रमणलाई रोक्न नसकिने बताएका छन्। 

उनले भने, ‘अब न्युयोर्कमा प्राइभेट पार्टी गर्न प्रतिबन्ध लगाइएको छ। यो नगरि संक्रमणलाई नियन्त्रण गर्न सकिन्न।’ 

व्यापारलाई लिएर आज नयाँ गाइडलाइन आउनसक्ने मिडियाले बताएका छन्। न्युयोर्कमा बुधबार २१ जनाको निधन भएको थियो। 

अमेरिकामा लगातार १० दिन कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। तीब्रगतिमा कोरोना संक्रमण बढ्दा १० दिनमा १० लाखभन्दा बढी संक्रमित थपिएका छन्।

प्रकाशित मिति: : 2020-11-12 19:13:00

प्रतिकृया दिनुहोस्