सांसद यादवद्धारा सामुदायिक विद्यालयमा मास्क र सेनिटाइजर वितरण

प्रतिनिधि सभा सदस्य प्रदिप यादवले सुरक्षित पठन पाठनको लागि वीरगञ्जका सामुदायिक विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गरेका छन्। 

कोरोनाको जोखिमको बेला सञ्चालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षार्थ सांसद यादवले बुधबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरुमा मास्क तथा सेनिटाइजन वितरण गरेका हुन् । 

पहिलो चरण अन्तर्गत माईस्थान विद्यापिठ मा.वि, श्री सुन्दरमल राम कुमार कन्या मा.वि , त्रिजुद्ध उच्च मा.वि., श्री ने.रा.उच्च मा.वि.श्रीपुर तथा त्रिभुवन हनुमान मा.वि.मा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजन वितरण गरीएको सांसद यादवले बताए । 

कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संक्रमणबाट बालबालिकालाई जोगाउने उद्देश्यका साथ विद्यालय सञ्चालन हुनु अगावै मास्क तथा सेनिटाईजर प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको सासंद यादवले बताए । 

मास्क वितरणको क्रममा सांसद यादवले स्थलगत अनुगमन गर्दैै विद्यालयका प्राधानाध्यापक तथा व्यवस्थापन समितिबाट आएको सुझाव र समस्याहरू क्रमबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे । 

‘पर्सामा आंशिक रुपमा विधालयहरु संचालनमा आउने भएकाले विद्यालयमा अध्ययनरत बालबालिकाको विशेष सुरक्षाको ध्यान दिन जरुरी छ , ‘उनले भने‘ यस्तो कठिन परिस्थिमा बालबालिकाको शिक्षा तथा स्वास्थ्यको ख्याल गर्दै विद्यालयको अनुगमन गर्दै स्वास्थ्य सामाग्री चरणवद्ध रुपमा वितरण गर्दै छु ।’ 

विद्यार्थीलाई संक्रमणबाट बचाउन शिक्षक तथा अभिभावकहरुको अहम् भुमिका हुने भएकाले यसतर्फ विद्यालय तथा परिवारजनले खास ध्यान दिनुपर्ने अवस्था रहेको व्यवस्थापन समितिका सदस्यहरुका साथ छलफलको क्रममा , ‘उनले भने ।’

दोस्रो चरण अन्तगंत बाकी रहेका बिद्यालयहरूमा बिहिबार मास्क तथा सेनिटाइजर बितरण गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: : 2020-11-04 16:47:00

प्रतिकृया दिनुहोस्