साझा पार्टीले खुलामञ्चमा बुधबार विहान र बेलुका खाना खुवाउने

फाइल तस्वीर
फाइल तस्वीर

साझा पार्टीले खुलामञ्चमा बुधबार विहान र बेलुका खाना खुवाउने भएकाे छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा विपन्नलाई खाना खुवाउन रोक लगाउन निर्देशनको विरोध साझाले खान खुवाउन लागेकाे हाे। 

पार्टी प्रवक्ता शरदराज पाठकले खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने बताए। 

‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’ उनले भने।

साझाले महानगरपालिकालाई निर्णय सच्याउन पनि आग्रह गरेको छ। 

‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि काम’को व्यवस्था गरोस् कि मामको व्यवस्था गरोस्’ विज्ञप्तिमा भनिएकाे छ।

साझाले कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सिर्जना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको जनाएकाे छ।
 

प्रकाशित मिति: : 2020-11-03 14:00:00

प्रतिकृया दिनुहोस्