अमेरिकी राजदूतले दिए दसैंको शुभकामना

नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्।

उनले शनिबार दसैंको शुभकामना दिँदै दुई वर्षअगाडि टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्।

उनले दुई वर्षअघि दसैंमा टिका थापेको र लगाइदिएको फोटो ट्वीटरबाट सार्वजनिक गर्दै शुभकामना दिएका हुन्।

उनले  लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा मलगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनु भएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना दिन चाहन्छौँ।’

प्रकाशित मिति: : 2020-10-26 15:57:00

प्रतिकृया दिनुहोस्