नबुझी गुर्जो खाँदाको पीडा

सेतोपाटी

काठमाडाै‌

कोरोना संक्रमित देशहरु मध्येमा भारत अहिले विश्वको दोश्रो नम्बरमा परेको छ। भारतमा कोरोना संक्रमण देखिएको सुरुआती दिनदेखि नै राजधानी दिल्ली कोरोनाबाट अति नै प्रभावित बन्यो। 

कोरोनाको कहर सय, हजार, लाख अनि यति लाख पार भन्दै संचार माध्यमले बताईरहँदा नेपालमा परिवार, आफन्तजन, शुभचिन्तकहरुले चिन्ता जाहेर गर्दा भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएको मेरो परिवारमा हरेक दिन मानसिक त्रास नभएको होइन। तर 'कोरोना आफै आउँदैन, लिन घरबाहिर नजाऔँ' भन्ने करिब ५-६ महिना अघि सेतोपाटीमा पढेको यो नारालाई हामीले आफ्नो व्यवहारमा पनि लागू गर्दा मनमा केही शान्ति भएको थियो।

बच्चाहरुको अनलाइन कक्षा अनि अफिसको काम घरबाटै हुने भएकोले अत्यावश्यक काम बाहेक कहिले बाहिर निस्किएनौँ हामी। सकेसम्म आफूले अपनाउने साबधानी पनि अपनाएकै थियौँ। तर पनि खोइ कहाँनिर चुक्यौँ हामी पत्तै पाएनौँ। आजभन्दा करिब २८ दिन पहिले दिउँसोदेखि मलाई अलिकति असहज महशुस भयो।

सुरुमा हल्का शरीर तात्यो अनि विस्तारै दुख्न पनि थाल्यो। दिल्लीको गर्मीमा पनि जाडो भएर शरीर काप्न थाल्यो। मौसम परिवर्तनको समय भएकोले धेरैलाई भाइरल ज्वरो भएको खबर सुनिन्थ्यो, आफूलाई पनि त्यस्तै होला जस्तो लाग्यो। ज्वरो कम गर्न सिटामोल अनि घरेलु उपचार ज्वानो, बेसार तुलसीको पात आदि पकाएर पानी खान सुरु गरेँ अनि मौसमी रुघाखोकी नै भएपनि घरमा अरुलाई नसरोस् भनेर आफू अलग कोठामा बस्न थालेँ।

प्रकाशित मिति: : 2020-10-22 15:30:00

प्रतिकृया दिनुहोस्