२७ वर्ष पुरानो नर्सरीभित्र जाँदा...(भिडिओ)

सेतोपाटी

काठमाडौं

लकडाउनमा घर बस्दा कौसी खेतीको सानोतिनो लहर नै चल्यो। हामी आफैंले पनि नयाँ फूल र बिरूवाहरू खोजीखोजी छतको गमलामा रोप्यौं। अनि आमाबुबासँगै बारीमा गएर उहाँहरूले तरकारी गोडेको नियालेर हेर्‍यौं।

माटो र बिरूवासँग जति खेल्यो उति नै लगाव बस्दो रहेछ। लकडाउनले हामीलाई त्यही अनुभूति गरायो। 

बिस्तारै तरकारी र फूलहरूपछि घरको छतमा फलफूल पनि फलाउने मन भयो। जग्गा धेरै नभएकाले हाइब्रिड बोट रोप्ने विचार आयो। अनि आफ्नै छतको गमलामा फलेको फल टपक्क टिपेर खाने सपना बुन्यौं।

बोटबिरूवा अहिलेसम्म नकिनेकाले कहाँ, कस्तो किन्नु पर्ने हो केही आइडिया भएन। त्यसमाथि पनि हाइब्रिड बोट झन् कसरी छान्ने, केही मेसो थिएन। 

गुगलमा उपत्यकाभित्र रहेका राम्रा नर्सरी खोज्दा न्यू सनफ्लावर नर्सरी 'टप लिस्ट'मा आयो। दाँयाबाँया केही नसोची हामी सिधै त्यहाँ जान तम्सियौं। 

गुगल म्याप हेरेर हामी पुल्चोकबाट बानेश्वर जाने शंखमूलको बाटो हुँदै न्यू सनफ्लावर नर्सरी पुग्यौं। नर्सरी शंखमुलस्थित प्रभु बैंकको भवनकै छेउमा रहेको सानो गल्लीबाट अलि भित्रपट्टि थियो। गुगल म्याप पछ्याउँदै  जाने हो भने सजिलै भेट्टाइने रहेछ।

नर्सरीभित्र छिर्नुअघि नै हाम्रो आँखा होर्डिङ र्बोडमा पुग्यो। लेखिएको थियो- न्यू सनफ्लावर नर्सरी, सिन्स १९९३। 

प्रकाशित मिति: : 2020-10-19 07:52:00

प्रतिकृया दिनुहोस्