फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो। घटनापूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए।
सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टूनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो। सो घटनाको सुनुवाई अहिले जारी छ। अहिलेकाे घटना पनि साेही विषयलाई लिएर भएकाे अनुमान गरिएकाे छ।
स्कूल नजिकै उनको हत्या भएको प्रहरीले जनाएको छ। शिक्षकको नाम खुलाइएको छैन।
घटना लगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न खोजेको थियो, तर भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको हो। आक्रमणकारीको नाम खुलाइएको छैन भने घटनाको बारेमा थप जानकारी दिइएको छैन।
घटनालाई आतंकवादी आक्रमणका रुपमा नामकरण गरेर अनुसन्धान भइरहेको छ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका छन्। उनले घटनामा इस्लामिक आतंकवादीको संलग्नता रहेको दावीगरेका घन्। यद्यपी पुष्टि गर्ने आधार बने उनीसँग रहेको छैन।
‘यो घटनामा इस्लामिक आतंकवादीको संलग्नता हो। वाक स्वतन्त्रताबारे पढाएकै कारण इस्लामिक विद्यार्थीले शिक्षकको हत्या गरेका हुन्। प्रहरीले यसको सत्यत्थ्य जाँच गर्दै छ,’ म्याक्रोँले भने।