भगवान शिव वा ब्रम्हा आए पनि तत्काल मल ल्याउन सक्दैनन् : कृषिमन्त्री भुसाल

घनश्याम भुसाल
घनश्याम भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।

४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन्।

उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने टिप्पणी गरेका हुन्।

कोलकाताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए।

मन्त्री भुसालले अहिलेकै तौर–तरिकाले नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको उल्लेख गरे।

कृषि व्यवस्थाको परिवर्तका बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो ।

प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको मन्त्री भुसालले बताए।

कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरे। 

प्रकाशित मिति: : 2020-10-16 18:52:00

प्रतिकृया दिनुहोस्