स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वरेण्टीन बस्न पाउने

स्वास्थ्य मन्त्रालय
सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वारेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।

सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वारेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।

यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए। तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुखसमेत रहेका डाक्टर अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन्। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरु अहिले सङ्क्रमितले भरिएका छन्।

स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गरेर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न पाइने व्यवस्था गरेको हो । 

प्रकाशित मिति: : 2020-10-16 14:25:00

प्रतिकृया दिनुहोस्