सरकारलाई ऋचाको प्रश्नः कति जनाको बलात्कार भएपछि गम्भीर हुने हो?

सेतोपाटी

काठमाडौं 

सामाजिक सञ्जाल चलाउने सेलिब्रेटीहरूका आ-आफ्नै शैली र मान्यता छन्। यहाँ केही निजी प्रदर्शन र स्वान्त सुखमा रमाइरहेका पनि भेटिन्छन्। केहीका लागि भने सामाजिक सञ्जाल सार्वजनिक सरोकारका विषयमा टिप्पणी गर्ने माध्यम बनिरहेको छ। 

ऋचा शर्मा तिनैमध्ये पर्छिन्, जो सामाजिक सञ्जाललाई सार्वजनिक बहसको एउटा महत्वपूर्ण माध्यम मान्छिन्। र, कलाकारका रूपमा आफू त्यो माध्यमको संवाहक बन्नुपर्ने सोच राख्छिन्।

'कलाकारमा एकै पटक ठूलो समूहलाई प्रभाव पार्न सक्ने क्षमता हुन्छ। त्यसैले त भनिएको हो, कि नेताले सक्छ कि अभिनेता/अभिनेत्रीले सक्छ,' उनी भन्छिन्।

नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि सक्रिय ऋचा थप्छिन्, 'तर हामी कलाकारले यो शक्तिको अर्थ अझै बुझ्न बाँकी हो कि जस्तो अवस्था छ।'

ऋचा यसलाई कलाकारले समाज नबुझेको वा उनीहरू संवेदनशील नभएको अर्थमा मात्र बुझ्न नहुने बताउँछिन्। कला क्षेत्रका हामी धेरैमा गम्भीर मुद्दामा बोलेर किन झमेला मोलिहाल्ने भन्ने सोच हाबी छ जस्तो लाग्छ। धेरै जना यो वा त्यो राजनीतिक दलसँग नजिक भएकाले पनि खुलेर बोल्न हिचकिचाउनु हुन्छ।'

ऋचा फेसबुक र ट्विटरमा निर्धक्क प्रस्तुत हुन्छिन्। उनी निरन्तर आफैं लेखेर वा अरूले लेखेका सामग्री सेयर गरेर सामाजिक संवादमा सहभागी भइरहेकी छिन्। 

प्रकाशित मिति: : 2020-10-16 11:50:00

प्रतिकृया दिनुहोस्