वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बारामा ३७ जना संक्रमित थपिएका छन्। पर्साका २१ र बाराका १६ गरी जम्मा ३७ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेस कुमार चौरसियाले बताए।
पर्साका विभिन्न ठाउँबाट संलकन गरिएको १ सय ५८ र बाराबाट संकलित ३४ गरी जम्मा १९२ जनाको स्वाब परीक्षण गरिएको थियो।
पर्सामा थपिएका संक्रमितमध्ये १९ जना पुरुष र २ जना महिला रहेका छन्। वीरगञ्जको वडा नं. १३ का ४ जना, वडा नं. ४ का २ जना, वडा नं. १५ का २ जना थपिएका छन् भने वडा नं. १८, ११, १४, ७ र २२ का एक एक जना थपिएका छन्।
४ जनाको वडा खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, पोखरिया नगरपालिकाको वडा नं. २ का ३ जना र वडा नं. ५ को १ जनामा पनि संक्रमण देखिएको छ। बाँकी १६ जना संक्रमित बाराका हुन् तर उनीहरुको ठेगाना खुलाइएको छैन।