इतिहासको सँघारमा उभिएर तमासे र रमिते बन्ने छुट कसैलाई पनि हुँदैन।

तस्बिरः अन्नपूर्ण
तस्बिरः अन्नपूर्ण

घुम्दैफिर्दै रुम्जाटार। बालुवाटार, खुमलटार, कोटेश्वर, सिंहदरबार, धुमबाराहीबाट सुर्खेत यात्रा गर्दै नेपाली राजनीति फेरि काठमान्डु फर्किसक्यो। खेलका खेलाडीभन्दा पनि बुख्याचा फिस्स। नेपाली सत्ता राजनीतिको कार्य, कारण र परिणामबारे विश्लेषण गर्नु स्वयं लाजमर्दो विषय बन्यो। अहिले न राजनीतिक ज्योतिषका धुलौटो काम गर्छ न गुगल ब्वाय आदित्य दाहालले नै भविष्यवाणी गर्न सके।  

लोकतान्त्रिक गणतन्त्र अहिले बनाना रिप्लबिकमा फेरिँदै जाँदा ओ हेनरीको झझल्को नेपालमा हुँदैछ। त्यसको चरित्र र अवस्थाबारे अमेरिकी लेखक ओ हेनरीको सन् १९०४ मा क्याबेज र किस पुस्तकको काल्पनिक राज्य अंकुरियामा सुन्दर प्रस्तुति गरे। बनना रिपब्लिकमा धेरै कुराको निर्णय युनाइटेड फ्रुट कम्पनी र स्ट्यान्डर्ड फुड कम्पनीले गर्थ्यो, स्थानीय नेतृत्व त उनका कारिन्दा मात्र बन्थे। मध्यअमेरिकाको होन्डुरस, ग्वाटेमालाको अवस्था चित्रण गरे पनि यो कमजोर, अस्थिर र सामरिक रूपमा संवेदनशील देशहरूमा विभिन्न आवरणमा विदेशी शक्ति नियन्त्रित सरकारको थियो र हो। शक्तिको टसल, राजनीतिज्ञहरूका व्यवहार, अहंकारको भिडन्तले एउटा लोकतान्त्रिक गणतन्त्र पत्तै नपाई बनना रिपब्लिकमा फेरिने गर्छन्।  

महामारीमा पनि समीक्षित र भल छोप्नेहरू

कोरोना महामारीले विश्व एउटै बहस, चिन्ता, आतंक र प्रतिरोधमा कतिपय पहिलाका मान्यता, विश्वास र अभ्यास भत्किए, फेरिए। कतिको सोच र भूमिकाले क्रमभंग गर्‍यो वा बिर्सियो ! कतिपयले यस संकटलाई स्वार्थ र अवसरका रूपमा लिए भने अहंकारी शासकलाई भने कर्तुत लुकाउने शीर्षक पनि बन्यो। तर संवेदनशील मान्छे मृत्युको सँघारबाट फर्केपछि जीवनकै गम्भीर आत्मसमीक्षा पनि गर्दोरहेछ।

बनना रिपब्लिकको एउटा अंग बनेको न्यायकर्मीको हैसियतमा लामो समय बीबी सिंहले पुलिसको मुद्दाफाँटमा सत्ता चरित्रको नांगो अनुभूति गर्दै बिरक्तिएर साँचो अर्थको न्यायकर्मी बन्न वकालत व्यवसाय अँगाले। त्यो त झन् अपराधको ड्राइकिल्नर्स र सिन्डिकेट न्याय पो रहेछ। देखे भोगेपछि छक्क मात्रै परेनन्, स्वयं पेसाप्रति बिरक्तिए पनि। कोरोनाकालमा मृत्यु हुने ६ सय ६३ जनामध्ये उनीसँगै एउटै वार्डका ६ जना पनि थिए। सो वार्डको बच्नेमा उनी मात्रै।

प्रकाशित मिति: : 2020-10-15 09:30:00

प्रतिकृया दिनुहोस्