सुर्खेतमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत। सुर्खेतमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो। 

दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा नवराज केसीले जानकारी दिए।

असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो। पछिल्लो समय उनलाई कोभिड निमोनियासमेत भएको डा केसीले जानकारी दिए।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-11 06:22:00

प्रतिकृया दिनुहोस्