ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रचण्ड भर्खरै बालुवाटार पुगे उनका प्रेस संयोजक विष्णु सापकोट जुगलले जानकारी दिए।

उनका अनुसार दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल सुरु भएको छ।

ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेका छैन। मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ। 

त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: : 2020-10-08 13:03:03

प्रतिकृया दिनुहोस्