‘विप्लव’ नेतृत्व नेकपाको युवा संगठनका झापा जिल्ला अध्यक्ष पक्राउ

 ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट पक्राउ परेका छन्।

सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

यता संगठनका मेची–कोशी ब्युरो संयोजक नुलुकले एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले भने उनलाई तत्काल रिहाइ गर्न माग गरेको छ। 

आइतबार मात्रै उक्त संगठनले झापाको शिवसतासिमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो। अध्यक्षमा पक्राउ परेका सम्राटलाई चुनेको थियो।

प्रकाशित मिति: : 2020-10-08 12:06:05

प्रतिकृया दिनुहोस्