बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयमा कार्यरत एकजनालाई कोरोना संक्रमण भएको छ। मुख्यमन्त्री पौडेलकी स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो।

काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ। परिवारका सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बसिरहेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बताइएको छ। 

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताइन्।  सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १५ दिनदेखि होम क्वारेन्टाइनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन्। 

काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ। ‘मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने। भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: : 2020-10-08 10:20:20

प्रतिकृया दिनुहोस्