यी हुन् मन्त्रिपरिषद वैठकका निर्णयहरू (भिडियाे र पूर्ण पाठ)

सरकारले विश्वका विभिन्न १३ स्थानमा रहेका अवैतनिक वाणिज्य दूतहरुको पदावधि थप तथा पदोन्नति गर्ने निर्र्णय गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

इरानको तेहरान, मलेसियाको सेलंगार, इण्डोनेशियाको जकार्ता, इजरायलको हाइफा तथा वीरसेभा, अमेरिकाको इलिनोइस, मेरिल्याण्ड, हवाई, ओहियो तथा सियाटलमा रहेका अवैतनिक वाणिज्य दूतको पदावधि ४ वर्षका लागि थप गरिएको हो।

यस्तै, बेल्जियमको फ्ल्याण्डर्समा अवैतनिक वाणिज्य दूतमा नयाँ नियुक्ति गर्ने, ग्रीसको एथेन्स सहर तथा लेबनानको बेरुतमा कार्यरत अवैतनिक वाणिज्य दूतलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति: : 2020-10-07 13:24:51

प्रतिकृया दिनुहोस्