विश्व हिन्दु युवा संघको केन्द्रीय समिति बिस्तार, प्रवक्तामा शाह मनोनित

विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले संघको केन्द्रीय समितिलाई पुर्णता दिएका छन्। 

अध्यक्ष शाहले मंगलबार संघको एकसय ६ सदस्यीय केन्द्रीय समिति बिस्तार गरेका हुन्।  

शाहले संघको प्रवक्ता पनि हिजै चयन गरेका छन्। उनले प्रवक्तामा आफूलाई बिगतदेखि साथ सहयोग गर्दै आएका विश्वास पात्र नेपाल विद्यार्थी संघका नेता अनुराग शाहलाई मनोनित गरेका छन्। 

केन्द्रीय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले संघलाई एक वर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने पनि उद्घोष गरेका छन्। 

उनले आफ्नो संगठनले सनातन हिन्दु धर्मलाई जगेना गरेर नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थनीति लागू गर्न शसक्त रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-10-07 07:07:05

प्रतिकृया दिनुहोस्