बेलायतको नार्थम्बुरिया विश्वविद्यालयका ७७० विद्यार्थीलाई आइसोलेसनमा बस्न आग्रह

बेलायतको नार्थम्बुरिया विश्वविद्यालयमा ७८ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण फेला परेपछि कलेजले सात सय ७० जना विद्यार्थीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा पठाएको छ। 

विश्वविद्यालयमा पढ्नपाढ्न गर्ने मात्र होइन, उनीहरूसँग एउटै फ्लाटमा बसोबास गर्ने अन्य व्यक्ति तथा उनीहरूको सम्पर्कमा रहेका अन्य मानिसलाई पनि आइसोलेसनमा बस्न कलेज प्रशासनले आग्रह गरेको छ। 

बेलायतमा हालसम्म ४ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्, जसमा ४२ हजारको निधन भइसकेको छ। बेलायतमा कलेज तथा विधालय खुला भएपछि कोरोना संक्रमण बढेको छ। 

गत साताअघि म्यानचेस्टर महानगर विश्वविद्यालयले १ सय २७ विद्यार्थीमा कारोना संक्रमण भेटिएपछि १७ सय विद्यार्थीलाई १४ दिन सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2020-10-04 11:53:20

प्रतिकृया दिनुहोस्