स्पेनमा फेरि ‘लकडाउन’ कडा

स्पेनको राजधानी मेड्रिडमा कोरोनाको संक्रमण बढ्न थालेपछि ‘लकडाउन’ लाई पुनः कडा बनाइएको छ। आइतबार राती १० बजेदेखि आवश्यक कामबाहेक कसैलाई घरबाट बाहिर ननिस्कन बन्देज लगाइएको छ। 

नयाँ नियमअनुसार बार तथा रेस्टुरान्टमा ५० प्रतिशतभन्दा कम मानिसलाई मात्र सेवाको सुविधा दिने निर्णय भएको छ। सबै पसल १० बजेसम्म बन्द गर्नुपर्नेछ। नीजि तथा सार्वजनिक स्थलमा ६ भन्दा बढी मानिस एकीकृत हुन पाइने छैन। 

स्पेनमा हालसम्म ८ लाख १० हजार बढी मानिस संक्रमित भएका छन्, जसमा ३२ हजार बढीको निधन भएको छ।

प्रकाशित मिति: : 2020-10-04 11:42:45

प्रतिकृया दिनुहोस्