बाँकेमा कोरोना संक्रमणबाट थप एक युवतीको मृत्यु भएको छ। नेपालगन्ज ९ बाँकेमा डेरा लिइ बस्दै आएकी २५ वर्षीया युवतीको मृत्यु भएको हो।
भदौ ३० गत भेरी अस्पतालमा भर्ना भएकी उनको अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ ४ बजेर ४५ मा मृत्यु भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
ती युवतीको दुवै साइडको फोक्सोमा निमोनिया थियो। उनलाई शुक्रबार ११ बजेबाट भेन्टिलेटरमा राखिएको थियो।
बाँकेमा अहिलेसम्म १९ जनाको कोरोनाबाट मृत्यु भइसकको छ। जसमा जिल्ला बाहिरका ८ जना छन्।