विराटनगरकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका १४ जतुवाकी ती महिलालाई असोज ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए ।

ती महिलामा श्वासप्रश्वासका साथै मिर्गौलामा समेत समेत समस्या रहेको सिग्देलले बताए ।

उनकाे शुक्रबार मृत्यु भएकाे हाे।

प्रकाशित मिति: : 2020-10-02 14:01:17

प्रतिकृया दिनुहोस्