अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ।

उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए।

लगत्तै ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब बिहीबार परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको कार्यालयका कर्मचारी विकासकुमार मिश्रले बताए। 

उनका अनुसार सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। 

 प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्। 

प्रकाशित मिति: : 2020-10-02 12:35:01

प्रतिकृया दिनुहोस्