राहुल र प्रियंका गान्धीलाई युपी जान प्रहरीले रोक लगायो

उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कार पीडित परिवारलाई भेट्न गएका गान्धी परिवारका दुई सदस्य तथा भारतीय कांग्रेस पार्टीका नेता राहुल तथा प्रियंका गान्धीलाई युपी प्रहरीले ग्रेटर नोयडा एक्सप्रेस–वे मै रोकेको छ। 

उनीहरू दिउँसो साढे दुई बजे राजधानी दिल्लीबाट युपी प्रवेश गर्न खोजेका थिए। उनीहरूलाई हाईवेमा प्रहरीले रोकेको थियो। प्रहरीले उनीहरूलाई फर्किन आग्रह गरेपनि नफर्किएपछि समातेर फर्मुला–१ गेस्ट हाउसमा पुर्याएको थियो। 

राहुलले भने–‘प्रहरीले मलाई धक्का दियो, लाठी चार्ज गरे। जमिनमा ढाले। हाम्रो गाडी रोकियो। यसपछि हामीले पैदल यात्रा गर्न खोजेका थियौं। आजको दिन मोदी मात्र हिँडडुल गर्न सक्छन्। उनी मात्र हवाईजहाजमा उड्न सक्छन्?’
प्रहरीले धारा–१४४ अन्तर्गत आफूलाई रोकेको राहुलले बताए। उनले आफू एक्लै हाथरस जाने बताए। उनलाई प्रहरीले रोक्दा कांग्रेसी कार्यकर्ता पनि सँगै थिए। 

सन् २०१६ मा पनि राहुल र प्रियंका सामूहिक बलात्कार पीडितको परिवारलाई भेट्न युपी जाँदा तत्कालिन समाजवादी पार्टीको सरकारले नोयडामा रोकेको थियो। २०११ मा मायावतीको सरकारको पालामा पनि उनलाई युपी सरकारले रोकेको थियो।

प्रकाशित मिति: : 2020-10-01 17:49:19

प्रतिकृया दिनुहोस्